सुनसरी । इलाममा गोली लागेको अवस्थामा एक व्यक्तिको शव भेटिएको छ । इलामको फाकफोकथुम गाउँपालिका ७ का ५५ वर्षीय मनबहादुर लिम्बूको शव गोली लागेको अवस्थामा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार स्थानीय दौलत लिम्बूको घर पश्चिम पट्टि लिम्बूको शव भेटिएको बताइएको छ ।
हेर्दा भरुवा बन्दुकको गोली छातीमा लागेजस्तो देखिने लिम्बूको हातमा पनि चोट रहेको पाइएको प्रहरी नायब निरीक्षक प्रकाश जबेगूले जानकारी दिए । शवलाई पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घटनाबारे अनुसन्धान सुरु गरिएको जबेगूले बताए ।।