विराटनगर । विराटनगर १६ बुद्ध चोकमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निक्षेप १४ करोड नाघेको छ । सहकारीको शनिबार सम्पन्न १३ औं बार्षिक साधारण सभामा प्रस्तुत बार्षिक प्रतिवेदन अनुसार निक्षेप १४ करोड ७४ लाख ०८ हजार १५३ रुपैया रहेको छ ।
सहकारीको शेयर पूँजी १ करोड २० लाख ८७ हजार ३ सय रुपैया रहेको छ भने सहकारीले १४ करोड ३८ लाख ऋण लगानी गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा सहकारीले ५९ लाख ७४ हजार २ हजार ५९ रुपैयाँे खुद नाफा गरेको छ ।
सहकारीका अध्यक्ष प्रमोद साहद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन अनुसार सहकारीमा १ हजार ३ सय ७० पुरुष र १ हजार २४८ महिला सदस्य गरी २ हजार ६१८ शेयर सदस्य रहेका छन् । सहकारीले १२ करोड ३७ लाख ऋण असुली गरेको छ भने बाह्य ऋण १२ लाख ७५ हजार रुपैयाँ रहेको छ । सहकारीले ब्याज मार्फ २३ लाख ४७ हजार ३१ रुपैयाँ आम्दानी गरेको छ ।
सहकारीले १६ प्रतिशत लाभान्स वितरण गर्ने पनि प्रतिवेदनमा उल्लेख छ । सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक संजीव कुमार साहले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सन्तोष कुमार साहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
ब्यक्ति सम्मान
सहकारीको वार्षिक साधरणसभाको अवसरमा पत्रकार चीना थापालाई सम्मान गरेको छ । यसैगरी क्रिकेट खेलाडी ललित राजवंशी, राष्ट्रिय महिला कबडडी खेलका कप्तान मेनुका कुमारी राजवंशी, फुटबल खेलाडी बुद्धिमान राईलाई पनि सम्मान गरेको छ ।
उनीहरुलाई जनही ५ हजार १ सय नगद सहित सम्मान पत्रले सम्मान गरेको हो । यसैगरी सहकारीले १० जना उत्कष्ट बचतकर्ताहरुलाई सम्मान गरेको छ । १० जना उत्कृष्ट ऋणी, चार जना उत्कृष्ट कर्मचारी, एक दशक काम गर्ने ३ जना कर्मचारी, रक्तादान गर्ने ८ जनालाई सम्मान गरेको छ । सभामा स्नातक तहमा बी प्लस ल्याउने सुरज कुमार रायलाई समेत नगद ५ हजार १ सय रुपैयाँसहित सम्मान गरेको छ । सम्मानित भएका व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद योगेन्द्र कुमार मण्डल, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल, जहदा गाउँपालिका अध्यक्ष जितु साहलगायतले सम्मान गरेका थिए ।