इटहरी । नेकपा एमालेले सुरु गर्न मध्य पहाडी लिकमार्ग मा सन्चानन गर्न लागिरहेको विशेष अभियानलाई कोशी प्रदेशभित्र प्रभावकारी बनाउन नेकपा एमाले कोशी प्रदेशले तयारी थालेको छ । बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भन्ज्याङ जोड्ने पुष्पलाल मध्ये पहाडी लोक मार्गमा अभियान सफल बनाउन एमाले कोशीले तयारी थालेको हो ।
अभियान अन्तर्गत मङ्सिर २६ गते अभियान टोलीलाई स्वागत सहित उदयपुरको घुर्मीमा जनसभा हुनेछ । त्यस्तै मङ्सिरको २८ गते तेह्रथुमको वसन्तपुर र मङ्सिर ३० गते पाँचथरको फिदिममा विशाल जनसहभागितामा सभा हुनेछन् ।
घुर्मी, वसन्तपुर र फिदिममा हुने तीन वटै सभा र जनपरिचालन नेकपा एमाले कोशी प्रदेश कमिटी र सबै जिल्ला कमिटीले व्यवस्थापन र जन परिचालन गरिने नेकपा ९एमाले० कोशी प्रदेश सदस्य तथा प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिए ।
पहाड जैविक विविधताको हिसाबले समृद्ध, जलस्रोतको प्रचुर सम्भावना, फलफूल तरकारी र जडीबुटीजन्य कृषिको भण्डार रहेको छ र पहाड सामाजिक सांस्कृतिक विविधतायुक्त जातीय सद्भावयुक्त रहेको छ भन्ने विषयलाई यो अभियानले थप बलशाली र संस्थागत गर्ने प्रमुख तिवारीले बताए ।
कृषि क्षेत्र र उत्पादन प्रवर्द्धन, किसानहरूको सम्मान, अग्रज वामपन्थीहरूको खोजी र सम्मान पहाडी संस्कृति र भूगोलको विकास शिक्षा, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधारको योजना निर्माणमा अभियानले नयाँ र रचनात्मक सन्देश दिने तिवारीले बताए ।
कोशी प्रदेशभित्र हुने हरेक आमसभाहरूमा न्यूनतम २५ हजार जनसहभागी रहने नेकपा ९एमाले० कोशी प्रदेश सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख बाबुराम थापाले जानकारी दिए ।
कोशी प्रदेश अन्तर्गतका सडकहरू घुर्मी, हर्कपुर, हलेसी, दिक्तेल, चखेवा डाँडा, भोजपुर बजार, लेगुवा, पख्रिबास, हिले, सिधुवा, वसन्तपुर, लसुने, जिरीखिम्ति, म्याङलुङ, संक्राति बजार, छातेढुङ्गा, चुहानडाँडा, जोर साल, फिदिम, गणेश चोक, थर्पु र च्याङथापुमा स्वागत गेटहरू निर्माण गरिने छन् ।
प्रचार विभाग प्रमुख लक्ष्मण तिवारी, जनसङ्गठन संयन्त्र प्रमुख बाबुराम थापा, ट्रेड युनियन इन्चार्ज भीम ज्वाला राई केन्द्रीय प्रचार विभाग प्रमुख लिला राज भट्टराई, युवा विभाग इन्चार्ज सावित्रा राई, साहित्य, कला, संस्कृति विभाग उपप्रमुख जेबी थुलुङ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन कोशी अध्यक्ष गौरी लामा लगायतको उपस्थितिमा छलफल भएको थियो ।