विराटनगर ।  अनेरास्ववियु  ताप्लेजुङका सह–संयोजक विवेक बानियाँमाथि खुकुरी प्रहार भएको छ । एमाले भातृ सङ्गठन अनेरास्वियुका नेता तथा कोशी प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्वोका स्वकीय सचिव बानियाँ माथि ताप्लेजुङको फुङ्लिंग नगरपालिकामा रहेको पाथीभरा होटेलमा खुकुरी प्रहार भएको हो । स्थानीय ठेकेदार प्रेम मावोले लेनदेनको विषयमा एमालेका नेता तथा कार्यकर्ताहरूको अगाडि नै बानियाँ माथि पटक पटक खुकुरी हानेका थिए ।

बानियाँलाई मावोले ९ लाख २० हजार  रुपैयाँ दिनु पर्ने थियो । पटक पटक माग्दा पनि नदिएपछि मावोले बानियाँलाई चेक दिएका थिए । चेक नसाटिएपछि केही दिन अघि बानियाँले मावो विरुद्ध चेक बाउन्सको मुद्दा दायर गरेका थिए । सोही विषयमा छलफल भइरहेको बेला ठेकेदार मावोले बानियाँ माथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । उनको फिला र खुट्टामा चोट लागेको छ । बानियाँको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।