सुनसरी । मोरङको उर्लाबारी नगरपालिका ७ मा भएको आगलागीमा परेर थप एक जनाको मृत्यु भएको छ । सो घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । सोमबार उपचारको क्रममा आगलागीमा परी घाइते भएका ४३ वर्षीय रामनरेश मरिताको मृत्यु भएको हो ।
धनुषाको जनकनन्दिनी गाउँपालिका घर भइ उर्लाबारी ७ मा बस्दै आएका मरिताको सोमबार राति मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताएका छन् । गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा आगो नियन्त्रणमा लिने क्रममा २८ जना घाइते भएका थिए ।
आगलागि घटनामा परि घाईते मध्ये उर्लाबारी ७ का ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको यसअघि नै मृत्यु भइसकेको छ ।
स्थानीय दीपक कार्कीले घरमा सञ्चालन गरेको सुनचाँदी पसलमा लागेको आगो निभाउन गएका ४ प्रहरी सहित २४ स्थानीय सहित २८ जना घाइते भएका थिए ।।