इटहरी । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई इटहरी उपमहानगरपालिकाले एक लाख रुपैयाँ राहत दिने भएको छ ।

 बुधबार राति हात्तीको आक्रमणबाट वडा नं. २ का बर्ष २५का रविन खड्काको मृत्यु भएको छ । मृतक खड्काको परिवारलाई उपमहानगरले क्षतिपुर्ति दिने उपमहानगरपालिकाले जनाएको छ । 

इटहरीका मेयर हेमकर्ण पौडेलले विहीबार बिहान मृतक खड्काको घर पुगेर क्षतीपूर्ति दिने घोषणा गरेका हुन् । इटहरी वडा नं. २ मा जङ्गली हात्ती मानव वस्तीमा प्रवेश गरि दुःख दिन थालेको छ । पछिल्लो  केही महिना देखी श्रृङखलाबद्ध रुपमा हात्ती गाउँ पसेर आतंकित बनाउन थालेको छ । 

मंगलबार पनि सोही वडा कै नैनाकुमारी राईको घर भत्काएर क्षती पु¥याएको थियो । दुई महिनाअघि पनि इटहरी वडा नं. २ कै लक्ष्मी राईको घर हात्तीले भत्काएको थियो ।

दैनिक रुपमा हात्ती गाउँ पस्न थालेर भौतिक र मानविय क्षति बढेको छ । सुरक्षा निकाय र वनरक्षक सहितको टोली बनाएर रात्री गस्ती सुरु गरिने उपमहानगरका मेयर हेमकर्ण पौडेलले जानकारी दिए । अहिले दैनिक रुपमा स्थानियहरु राती गस्ती गर्दै आएका छन् । 

भारतको पश्चिम वंगाल हुँदै झापाबाट चारकोसे जङगल हुँदै चारकोसे जंगलमा आएर बसेका हात्तीले यसरी आतंक मच्चाउने गरेका हुन् । इटहरीमा चारवटा छावासहित २८ वटासम्म हात्तीले आंतक मच्चाउने गरेका छन् ।।