इटहरी । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको झुला घाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा सफल बनाउन एमाले कोशी प्रदेशले तयारी तीव्र बनाएको छ ।
नेकपा एमालेले सुरु गरेको झुला घाट चिवा भञ्ज्यांग समृद्धिका लागि सङ्कल्प यात्रा कोशी प्रदेश सफल बनाउन एमाले कोशी प्रदेशको तेह्रथुमको वसन्तपुरमा शनिवार बसेको बैठकले सङ्कल्प यात्राका क्रममा वसन्तपुरमा हुने सभाकालागि उपाध्यक्ष टिकाराम चेम्जोंगको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेको छ । सङ्कल्प यात्रा अन्तरगत वसन्तपुरमा मङ्सिर २८ गते बृहत् जनसभा गर्ने एमालेको योजना छ । अभियानको १५ औँ दिन तेह्रथुमको वसन्तपुरमा हुने जनसभामा १५ हजार सहभागी गराउने एमाले कोशी प्रदेश कमिटीले तयारी गरेको छ ।
जनसभाका लागि व्यवस्थापन गर्ने मूल व्यवस्थापन समितिको सह संयोजकमा लक्ष्मण तिवारीलाई मनोनीत गरिएको छ । मूल व्यवस्थापन समितिमा सङ्खुवासभा, धनकुटा र तेह्रथुमका एमालेका जिल्ला कमिटीका अध्यक्ष सहित पदाधिकारी, एमाले जिल्ला कमिटी सुनसरी र मोरङका अध्यक्ष, तेह्रथुम,धनकुटा र सङ्खुवासभाका प्रदेश कमिटी सदस्यहरू सदस्य रहने छन् । यस्तै सङ्कल्प यात्राका लागि प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोंगको संयोजकत्वमा सचिवालय समेत बनाइएको छ ।
झुला घाट चिवा भञ्ज्यांग समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा वसन्तपुरमा हुने जनसभाका लागि एमाले कोशी प्रदेशले विभिन्न उप समिति समेत निर्माण गरिएको छ । बैठकले मोहन कुमार डाँगीको संयोजकत्वमा आर्थिक उप समिति गठन गरेको छ । आर्थिक उप समितिमा इन्द्रमणी पराजुली, वीरेन्द्र केसी, बिर बहादुर लिम्बु र कमल केसी रहेका छन् ।
यर्सैगरि बाबुराम थापाको संयोजकत्वमा स्वयम सेवक उप समिति गठन गरिएको छ । समितिमा बलदिप राई, साबित्रा राई, विपिन तामाङ सदस्य रहेका छन् । यस्तै शिव ढुङ्गानाको संयोजकत्वमा स्वास्थ्य उप समिति समेत गठन गरिएको तिवारीले बताए । सभामा ५ सय भन्दा बढी स्वयम् सेवक परिचालन गरिने छन् ।
प्रदेशको नाम कोशी राखिएपछि उत्पन्न विवादका विषयमा नेकपा एमालेले झुला घाट चिवा भञ्ज्यांग समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आम नागरिकलाई सु सूचित गर्ने भएको छ । प्रदेशको नामकरणमा भएको प्रक्रियाको बारेमा कति पय नागरिकलाई थाहा नभएको भन्दै प्रक्रियाका बारेमा जनतालाई सम्पूर्ण जानकारी दिने एमाले कोशी प्रदेशको वसन्तपुरमा भएको बैठकले निर्णय गरेको छ । जनता सामु भ्रम फैलाइएको छ नेकपा एमाले कोशी प्रदेश प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले भने जनतालाई छरेको भ्रम चिर्न पनि पुष्पलाल मध्यपहाडि लोक मार्ग लक्षित भुला घाट चिवा भञ्ज्यांग समृद्धिका लागि सङ्कल्प यात्रा सफल हुने छ । उनले कोशी नामका पक्षमा एमाले सहित काँग्रेस, माओवादी लगायतका दलहरूले समेत मतदान गरेको स्मरण गराए । उनले एमाले नेतृत्वको सरकारका पालामा सबै संवैधानिक प्रक्रिया पुरा गरेर ८६ जना प्रदेश सभा सदस्यहरूले कोशी नामको पक्षमा मतदान गरेका बताए । उनले भने, अहिले नामकरणको विषयमा एमाले माथि प्रहार गर्ने काम भइरहेको छ । सङ्कल्प यात्रामा जनतालाई सरल भाषमा बुझाइने छ । प्रदेश सभाले प्रक्रिया पुर्याएर नामकरण गरेको हो । काँग्रेस माओवादीका प्रदेश सभा सदस्यहरूले समेत कोशको पक्षमा मतदान गरेका छन् उनले भने अहिले एमाले लक्षित बन्द हडताल गरेर जनतामा भैम छर्न खोजिएको छ । सङ्कल्प यात्राका क्रममा यो भ्रम पनि चिर्न जरुरी छ । यसका लागि आज वसन्तपुरमा बसेको बैठकले सरल भाषमा जनतालाई बुझाउने काम गर्ने निर्णय गरेको तिवारीले जानकारी गराए ।