विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको  ३२ औ अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  राष्ट्रिय अपाङ्ग महासङ्घको अगुवाइमा विराटनगरमा र्‍याली सहितको कार्यक्रमको आयोजना गरिएको हो । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता भन्ने नारा सहित दिवस मनाइएको हो । विराटनगरमा निस्किएको प्रभात फेरीमा अपाङ्गता भएका व्यक्तिहरू ह्वील चियर तथा ट्राईसाईकलमा सहभागी थिए । सहभागीले कानुनमा व्यवस्था भएको भौतिक संरचनालाई अपाङ्गमैत्री बनाउनु पर्ने, आरक्षण सिट कार्यान्वयन गर्नुपर्ने लगायतको माग गरेका छन् । यस्तो देखियो फोटोमा दिवस । Apanga photo_biratnagar (20)Apanga photo_biratnagar (6)Apanga photo_biratnagar (15)Apanga photo_biratnagar (9)Apanga photo_biratnagar (12)Apanga photo_biratnagar (7)Apanga photo_biratnagar (8)Apanga photo_biratnagar (17)Apanga photo_biratnagar (2)