इटहरी । इटहरी उपमहानगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान सहित बिदाइ गरेको छ  ।

     इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले  ६० वर्ष उमेर पूरा भएका २६ जना स्वयंसेविकालाई नगद १ लाख सहित विदाई गरिएको हो । उनीहरुलाई जनही १ लाख रकम सहित सम्मान सहित विदाई गरिएको हो । 

आज( मंगलबार) २० औँ सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर आयोजित कार्यक्रममा उपमहानगरका मेयर हेमकर्ण पौडेलले स्वयंसेविकाहरुलाई सम्मान गरेका थिए । 

स्वास्थ्य स्वयंसेविका कार्यक्रम लागू भएको देखि निरन्तर सेवारत उनीहरुलाई उपमहानगरपालिकाका तर्फबाट सेवा अवधिका आधारमा प्रोत्साहन रकम उपलब्ध गराइएको  मेयर हेमकर्ण पौडेलले जानकारी दिए । 

इटहरीमा १ सय ३५ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गरिरहेका छन् ।