विराटनगर । विराटनगरको सात घुम्तीमा रहेको कवाडीको गोदाममा आगोलागिमा परि घाइते भएका ४ जनालाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ । नेपाली सेनाको स्काई ट्रकबाट उनीहरूलाई जलन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई काठमाडौँ लैजान जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टर पठाउन गृह मन्त्रालयलाई अनुरोध गरेको थियो । गृहले नेपाली सेनाको नेपाली सेनाको स्काई ट्रक पठाएकोले उनीहरूलाई काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी विराटनगर–६ की ६० वर्षीय रीता सरदार, विराटनगर–६ कै ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीय पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत घाइते भएका छन् । आगोलागिमा परि गोदाम सञ्चालक दिपक मण्डल र नाम नखुलेका अर्का एक जनाको मृत्यु भएको छ ।
सात घुम्तीमा रहेको कवाडी गोदाममा दिउँसो २ः१५ बजेतिर एक्कासि आगलागी भएको थियो । गोदामभित्र काम गरिरहेको अवस्थामा बाहिर निस्कने गेटबाट आगो लागेका कारण कामदारहरू सहजै भाग्न नपाएको प्रहरीले जनाएको छ ।