विराटनगर । नेकपा एमालेले सुरु गरेको पुष्पलाल मध्य पहाडी लोक मार्ग केन्द्रित झुला घाट चिवा भन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रालाई अवरोध गर्ने गरी भएको प्रचारको एमालेले कोशी प्रदेश सभामा आपत्ति जनाएको छ । प्रदेश सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बोले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत कोशी प्रदेशमा ‘प्रवेश गर्न नदिने’ भन्दै गरिएको प्रचारप्रति आपत्ति जनाए । मेन्याङ्बोले पार्टी अध्यक्ष ओलीलाई प्रवेश निषेध गर्ने प्रचार दुःखद र आपत्तिजनक भएको बताएका हुन् ।
कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका पहिचान पक्षधरले ओलीलाई प्रदेश निषेध गर्ने बताएको थियो । पहिचानवादीको भनाइ संविधान प्रदत्त अधिकारको उल्लङ्घन भएको भन्दै उनले भने ‘मुलुकभित्रै आवतजावत गर्न पनि निषेध गरिने चर्चा दुखद छ,’ मेन्याङ्बोले भने, ‘यस किसिमको अलोकतान्त्रिक कदम अगाडि नबढाउन म आग्रह गर्दछु