विराटनगर । विराटनगरमा भएको आगलागीमा परी दुई जनाको मृत्यु भएको घटनामा घाइते भएका चार जनालाई काठमाडौँ लगिएको छ। विराटनगर महानगरपालिका वडा नं.७ सात घुम्ती स्थित कवाडी गोदाममा भएको आगलागीमा परी घाइते भएका चार जनालाई काठमाडौँ लगिएको प्रहरीले जनाएको छ।  आगलागीबाट घाइतेहरू मध्ये दुई जनाको अवस्था गम्भीर र दुई जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी  रञ्जनकुमार दाहालले जानकारी दिए ।  गम्भीर घाइते भएकाहरूमा  विराटनगर महानगरपालिका वडा नम्बर  ६ का   ६५ वर्षीय  सुशीला पासवानको जिउ र  हात खुट्टा जलेको छ भनेँ वर्ष ६० की रिता सरदारको जिउ एवं हातखुट्टा जलेको डिएसपी दाहालले बताए । घाइते दुबै जनाको अवस्था गम्भीर रहेको छ। ।मध्यम घाइतेहरूमा विराटनगर ६ का वर्ष ५८ को किशोर पासवान  दुवै घुँडा मुनी जलेको र वर्ष ३० की पिङ्की कामतको खुट्टा जलेको प्रहरीले जनाएको छ  । घाइतेहरूलाई थप उपचारको लागी जलनको गाम्भिर्यता, संलग्न चिकित्सकहरूको राय अनुसार तत्काल कीर्तिपुर स्थित  जलन सम्बन्धी विशिष्ट कृत अस्पतालमा नेपाली सेनाको एयर एम्बुलेन्सद्वारा पठाइएको  दाहालले जानकारी दिए ।  आगोमा परेर गम्भीर घाइते भई उपचारकोलागि न्युरो अस्पतालमा पुर्‍याएका  विराटनगर ६ का  वर्ष ४० को दीपक मण्डलको मृत्यु भएको छ।  जलेर मृत्यु भएकी एक महिलाको अझै पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दाहालले बताए ।