विराटनगर । मोरङको लेटाङ – ६ नं. बुधवारे रणनीतिक महत्वको सडकको शिलान्यास गरिएको छ। लेटाङबाट पाँचथरको मिक्लाजुङ् , धनकुटाको चौबिसे गाउँपालिका जोड्ने सडकको शिलान्यास गरिएको हो । शुक्रवार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २९ किलोमिटर सडकको शिलान्यास गरेका हुन् । पूर्वाधार विकास कार्यालय मोरङको आयोजना एक कार्यक्रमको आयोजना गरी रणनीतिक योजनाको सडकको कार्कीले शिलान्यास गर्दै सडकको निर्माणले इलाम तथा ताप्लेजुङका स्थानीयलाई समेत प्रदेशको राजधानी विराटनगर आउन छिटो पर्ने सडक रणनीतिक योजनाको सडक भएको कार्कीले बताए । ‘सडक निर्माणपछि त्यस भेगका कृषि उत्पादन बजारसम्म पुर्याउनका सजिलो हुनेछ, उनले भने, उत्पादनमा लाग्ने साधन श्रोतलाई किसानसम्म
पुर्याउनका
लागि महत्त्वपूर्ण हुन्छ ।’ अब अन्य आयोजनाको छनौट गर्दा आवश्यकताका आधारमा निर्माण हुने बताए ।
योजना शिलान्यास गरेर मात्र नहुने भन्दै कार्कीले योजना सम्पन्न हुने ग्यारेन्टी पछि मात्र काम सुरु हुने उनले दाबी गरे । यो सडक सन्तोषी–जोया एण्ड ब्रोदर्स जेभीले २०८३ वैशाख २८ गते सम्पन्न गर्ने गरी ८७ करोड तीन लाख ५३ हजार २७ रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको छ । निर्माण व्यवसायी भीम पौडेलले समयमै गुणस्तरीय काम गरेर सडक हस्तान्तरण गर्ने दाबी गरे ।
भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशका सचिव रमेश कुमार सिंहले कोशी प्रदेशमा विकासको कामले गति लिएको बताए ।