मोरङ । प्रतिबन्धित औषधी सहित २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका– १६ हुलास चोकबाट प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी उप–महानगरपालिका– १९ का ३१ बर्षीय अनिल कार्की र पछाडी सवार इटहरी– २ का ३२ बर्षीय सुनिल मगर पक्राउ परेको प्रहरीले जनाएको छ ।
शनिवार दिउँसो १२ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को.२० प. १२६६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा उनीहरुलाई प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट
प्रतिबन्धित औषधी एभिल, डाइजोपाम, फेनारागन र लुपिजेसिक गरी ४० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनीहरुको विषयमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।