इटहरी । बालाचतुदर्शी अवसरमा रामधुनी नगरपालिकाले सार्वजनिक विदा दिने भएको छ । सतविज छर्ने दिन अर्थात बालाचतुदर्शी दिनको अवसरमा भोली मंसिर २५ सोमबार नगर क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बालाचतुर्दशी पर्वको अवसरमा रामधुनी ४ स्थित रामधुनी मन्दिरमा सतविज छर्ने तथा भव्य मेला लाग्ने भएकाले आज बसेको नगर कार्यपालिकाको बैठकले विदा दिने निर्णय गरेको हो ।
रामधुनी नगरपालिका भित्र रहेको सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था विदा हुने तर स्वास्थ्य संस्थाहरुमा भने यथावत रहने निर्णयमा भनिएको छ ।