विराटनगर । नेकपा एमालेको सङ्कल्प यात्रामा अवरोध गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।  ओखललढुंगा र खोटाङ लगायतको जिल्लामा रुख ढालेर बाटो अवरुद्ध गर्ने ८ जनालाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय  विराटनगरले जनाएको छ।  नेकपा एमालेले गत कात्तिक १४ गते बैतडीको झुला घाटबाट सुरु गरेको समृद्धिको लागि सङ्कल्प यात्रा आज कोशी प्रदेश प्रवेश गरेको छ । नेकपा एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्ने गरी पहिचानवादीले आजदेखि आम हड्तालको घोषणा गरेका छन्  ।  एमालेको पूर्व घोषित कार्यक्रमलाई पहिचानवादीहरूले अवरोध गर्न थालेपछि पहिचानवादीका ८ जना पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालयका डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।  एमालेको सङ्कल्प यात्रा अन्तरगत मध्य पहाडी लोक मार्गको ओखलढुङ्गाको हर्कपुरमा आज आमसभा गर्ने तयारी गरेको छ ।