विराटनगर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उदयपुरको घुर्मीमा स्वागत गरिएको छ । एमाले सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुविर महासेठ, स्थायी कमिटि सदस्य हिक्मत कार्की, शेरधन राई लगायतले स्वागत गरेका हुन् । 

एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा ओलीलाई घुर्मीमा स्वागत गरिएको हो । 

यो सँगै एमालेको अभियान कोशी प्रदेशमा प्रवेश गरेको छ ।  अध्यक्ष ओलीसहितका नेताहरुलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट हजारौंको संख्यामा मानिसहरूको उपस्थिति रहेको छ । ओखलढुंगाको हर्कपुरमा हुने सभा गरेर आजै खोटाङको हलेसी पुग्नेछ कार्यतालिका छ ।