विराटनगर । आन्दोलनका क्रममा पक्राउ परेका पूर्व मन्त्री गोपाल किराँती लगायतका पहिचानवादी नेताहरूलाई तत्काल रिहाइ गर्न प्रदेश नम्बर १ पुन नामङ्करण संयुत्तः सङ्घर्ष समितिले माग गरेको छ । बन्दका क्रममा पक्राउ परेका नेताहरूलाई रिहाइ नगरे संयुत्तः सङ्घर्ष समितिले अनिश्चित कालकालागि प्रदेश बन्द गर्ने चेतावनी दिएको छ । संयुत सङ्घर्ष समितिले आन्दोलनका क्रममा पक्राउ गरिएका पूर्व मन्त्री गोपाल किराँती,जसपा नेता राजेश राई हलेसी तुवाचुङ युवा सह संयोजक गन्धमान राई, विजय राई उदिम राई विदुर राई मिना राई जसपा प्रदेश सदस्य, दिनेश राई लगायतलाई तत्काल रिहाइ माग गरेको छ ।
विज्ञप्ति निकाल्दै संयुक्त सङ्घर्ष समितिले पहिचानको खिल्ली उडाउनको लागि केही अवाञ्छित तत्त्वहरूको यस क्षेत्रमा गतिविधि बढेपछि पहिचान रक्षाको लागि यस संयुक्त सङ्घर्ष समितिले यही मंगसिर २६ र २७ गते घुर्मी देखि लेगुवा घाट सम्मको मध्य पहाडी लोक मार्ग शान्तिपूर्ण बन्द आव्हान गरेको जनाएको छ ।