भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि एमालेको एकल सरकार आवश्यक भएको बताएका छन् । भोजपुरको टेम्केमैयुङ गाउँ कमिटीले आयोजना गरेको जन भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देश बनाउने काममा एमालेले नेतृत्व गर्ने बताए । उनले यो कामका लागि सही तरिकाका अगाडि बढ्ने नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले सबैको साथ लिएर अगाडि बढ्न आग्रह गरे । उनले भने,‘ हाम्रो देश हामी आफैले नै बनाउनु पर्छ । एमालेले देश बनाउँछ । यसका लागि सँगसँगै हिडौ ।’ ओलीले मिसन ८४ को अभियान अन्तरगत नै झुला घाट चिवा भञ्ज्याङ्ग समृद्धिका लागि सङ्कल्प यात्राको आयोजना गरिएको बताए । उनले यात्रामा उत्साहपूर्ण सहभागिता जनाएका भन्दै सहभागीलाई सबैलाई धन्यवाद दिए ।
ओलीले सिप विकास गरी कसरी आयआर्जन गर्न सकिन्छ भन्ने कुरामा ध्यान जानु पर्ने बताए । उनले नेकपा एमालेको सरकारले छोट समयमा पनि पर्याप्त काम गरेको स्मरण गराए । उनले भने, ‘विरोधीले त्यो काम सहन सकेनन्, देशको विकास सहन सकेनन् । ’
एमाले सरकारबाट हटेपछि देशको विकास ओरालो लागेको दाबी गरे । देश विकासको काम अहिले ठप्प रहेको ओलीको भनाइ छ ।