भोजपुर ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी शक्तिको षड्यन्त्र लगाएर नेकपा एमालेलाई सरकारबाट बलजफ्ती हटाइएको बताएका छन् । झुला घाट चिवाभञ्ज्यांग समृद्धिका लागि सङ्कल्प यात्राको १५ औ दिन भोजपुरको पौवादुम्वा गाउँपालिकामा बोल्दै अध्यक्ष ओलीले  नेकपा एमाले सरकार हटेपछि देश बरवादी तर्फ गएको बताए । अध्यक्ष ओलीले अहिले नै देश ओरालो लागेको उल्लेख गर्दै दशको अवस्था अत्यन्त नाजुक भएको बताए । उनले भने देशको अवस्था नाजुक देखेर देशको राजनीति बिग्रिएको देखेर, अर्थतन्त्र बिग्रिएको देखेर ,जनताले दुख पाएको देखेर सवैमा चिन्ता छाउने स्थिति बनेको बताए  ।

ओलीले सरकारका कारण जनताले दुख पाएको बताए ।  सरकारको कामबाट सत्तारुढ नेपाली कांग्रेस पनि आजित भइसकेको ओलीको भनाइ छ ।  सरकार कुहिएको फल जस्तो भएको ओलीले बताए ।

उनले भने, 'सरकारको काम गतिलो छैन । जनताले दुख पाइरहेका छन्। कांग्रेस पनि आजित भइसकेको छ । सरकार कुहिएको फल जस्तो भएको छ।'  अहिले जनतालाई भेदभाव र पक्षपात नगर्ने सरकारको आवश्यकता रहेको उनले बताए । एमाले सरकारमा हुँदा असाधारण विकास भएको उनको दाबी छ ।