तेह्रथुम । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मध्य पहाडी सङ्कल्प यात्रा १६ औँ दिनमा आइपुग्दा एमालेको जनतासँगको सम्बन्ध असाध्यै निकट भएको बताएका छन् । एमाले कमजोर बन्दै गइरहेको छ भन्ने भ्रमलाई यो यात्राले चिरेको उनको दाबी छ । यात्राका क्रममा देश विकास र सम्बृद्धिका लागि एमाले बाहेक अर्को शक्ति छैन भन्ने जनतामा दर्बिलो विश्वास पाएको बताए । यो अभियानले नयाँ ऊर्जा प्रदान गरेको, मनोबल र आत्मविश्वास माथि उठेको नेता ज्ञवालीले बताए । चुनाव नआउँदा पनि एमालेका नेताहरू घर घर आइपुग्नुभयो भनेर जनता उत्साहित बनेको उनले बताए ।
उपमहासचिव ज्ञवालीका अनुसार सङ्कल्प यात्राको १५ दिनमा २९ वटा ठूलासभा र सय बढी भेला सम्पन्न भएका छन् । राती ११ बजे सम्म पनि जनताले पूmलमायाँ लिएर स्वागत गरेर उत्साहित बनाएको नेता ज्ञवालीले बताए । करिव ८ लाख जनता सँग प्रत्यक्ष भेटघाट र १० लाख सँग प्रत्यक्ष अप्रत्यक्ष संवाद भएको र अभियान सकिदा २५ लाख जनता सँग प्रत्यक्ष परोक्ष संवाद हुने ज्ञवालीले बताए । उनका अनुसार अभियानका क्रममा जनता परिवर्तन,गणतन्त्र र एमालेको पक्षमा छन् भन्ने देखिएको छ । उपमहासचिव ज्ञवालीले भने “देश र अन्य राजनीतिक शक्तिहरूलाई पनि जनतामा जानुपर्छ भन्ने ठुलो सन्देश दिएको छ” ।
युवा केन्द्रित कार्यक्रम नल्याए गाउँ युवा विहीन बन्ने चुनौती देखिएको उममहासचिब ज्ञवालीको अनुभूति छ । उनले भने “बसाई सराई रोक्न के गर्न सकिन्छ भन्ने बारेमा जनताका सुझाव ग्रहण गर्ने काम भएको छ । अभियानका क्रममा ज्ञापन पत्र मार्फत जनताका हजारौँ सरोकारका बिषय प्राप्त गरिएको छ ।