विराटनगर । सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर कंकालिनी गण टंकीसिनवारी मोरङको निर्माण हुन लागेको बैठक कक्ष (मिटिङ हल)को शिलान्यास गरिएको छ। 
शुक्रवार विधिवत् रूपमा बैठक कक्षको शिलान्यास गरिएको हो  । ४० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको भवन एसीसहितको सुविधा सम्पन्न हुने सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज थापाले जानकारी दिए ।  ४० फिट लम्बाई र २० फिट चौडाइको भवनमा बैठकका साथै अन्य कार्यक्रमका लागि समेत प्रयोग गरिने उनले बताए । शान्ति सुरक्षासहित सीमा सुरक्षा र तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका अहम् रहेको बताएका उनले विपद्को बेला उद्धार र राहतमा समेत सशस्त्र प्रहरीले उत्कृष्ट काम गर्ने गरेको उल्लेख गरे । 
भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलान्यास गरे । 

कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगर, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, धनपालथानका अध्यक्ष जिवछ गच्छदार, जहदाका अध्यक्ष जितु साह, बूढीगंगा वडा नम्बर १ का अध्यक्ष सोमराज काफ्ले लगायतको उपस्थिति थियो ।