सुनसरी -यातायात बन्द गराउने १५ जना पहिचान पक्षधर कार्यकर्ता सुनसरीबाट पक्राउ परेका छन् ।
आइतबार बिहान धरान र इटहरीमा यातायात बन्द गराइरहेको बेला उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आव्हान गरेको कोसी प्रदेश यातायात बन्दको दोस्रो दिन जबरजस्ती सडक अवरोध गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नबिन कृष्ण भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार धरान-१३ शिव धारा पेट्रोल पम्प र धरान वडा २ माछाभौडि क्षेत्रबाट ९ जनालाई पक्राउ गरिएको छ ।
त्यसैगरी इटहरी-४ बूढी खोला स्थित पूर्वपश्चिम राजमार्गबाट ६ जना बन्दकर्ताहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ गरिएकाहरूको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।