विराटनगर । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले कोशी नामको पक्षमा मतदान गर्ने अनि जातीय पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने बताउनेहरूले कोशी प्रदेशमा अस्थिरता ल्याएको बताएका छन् । 
विराटनगरमा पत्रकार भएको सम्मेलनमा बोल्दै महासचिवले पोख्रेलले पहिला कोशी नाममा मतदान गर्ने अनि जातीय पहिचानको कुरा गर्ने हरुका कारण अस्थिरता तर्फ प्रदेश गएको बताए ।
उनले एमाले चुनावका बेला पनि साझा नामका पक्षमा रहेको र सबैको सहमतिमा कोशी नाम राखिएको बताए । उनले भने ,हामीले पहिला पनि साझा नाम राख्छौ भनेर भनेका थियौ । अहिले साझा नाम राख्न मतदान गर्‍यौ । एमाले पहिलादेखि अहिले सम्म स्पष्ट छ अरू दल स्पष्ट हुन सकेनन् ।’उनले जातीय नाम राख्छौ भनेर मत मागेकाहरूले धोका दिएको बताए । 
उनले झुला घाट चिवा भञ्ज्याङ्ग समृद्धिका लागि  सङ्कल्प यात्रा एमालेले सुरु गरेको  भए पनि समापन हुने बेला सम्ममा सर्वदलीय भएको बताए । उनले धेरै जिल्लामा संयुक्त ज्ञापन पत्र आएको ,साझा र सामूहिक समस्या प्रकट भएको बताए । उनले प्रदेशको र जिल्लाको समस्याका बारेमा सबै दलले माग राखेको र त्यो माग कुनै राजनीतिक दलको भन्दा पनि जनताले स्वतः स्फूर्त  राखेको बताए ।
उनले हामीलाई भेट्न जनताहरू राती राती सम्म आए, ज्येष्ठ नागरिक र बालबालिका सम्म एमालेका नेता तथा कार्यकर्ता  भेट्न आतुर देखिएको बताए ।  नेकपा एमाले नेतृत्वको सरकारले सुरु गरेको स्मार्ट सिटीको काम रोकिएको बताए । उनले एमालेको योजना सरकारले ल्याएको योजना अन्य सरकारले नबुझेका  बताए ।