विराटनगर । नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व खेम नेपाली र सोम पोर्तेल पुरस्कृत भएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश कमिटीले नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व नेपाली र पोर्तेललाई पुरस्कृत गरेको हो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३६ औँ स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा नगद सहित नेपालीलाई भद्रामान घले स्मृति सम्मान पुरस्कार र पोर्तेललाई नवराज शङ्कर स्मृति युवा प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, मुक्ति समाज केन्द्रीय कमिटी अध्यक्ष मनोहर विश्वकर्मा र कोशी प्रदेश अध्यक्ष उमेश विश्वकर्मा लगायतले वितरण गरे ।
पुरस्कृत अभियन्ता नेपाली मुक्ति समाज केन्द्रीय कमिटीका महासचिव, नेकपा (एमाले) कोशी प्रदेश कमिटी पूर्व जनसङ्गठन समन्वय संयन्त्र प्रमुख एवम् राष्ट्रियसभाका पूर्व सांसद हुन् ।
पोर्तेल मुक्ति समाज केन्द्रीय कमिटी सचिव, नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख हुन् ।