सुनसरी - नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार भ्रष्टहरूको अखडा भएको आरोप लगाउँदै परिवर्तन गर्नुपर्ने बताएका छन् ।
मधेस प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवापछि दोस्रो वरीयता नपाउने भएपछि बहिष्कार गरेर कार्यकर्ता भेटघाट गर्न सुनसरीको इनरुवा पुगेका कोइरालाले वर्तमान सरकारको चर्को आलोचना गरे ।
वर्तमान सरकार जनताको पक्षमा राम्रो काम गर्न नसकेका लेनै अहिले नागरिकमा गणतन्त्र र संसदीय व्यवस्थाप्रति नै वितृष्णा फैलिएको कोइरालाले बताए ।
सरकारका मन्त्रीहरूले नै सहिष्णुता भड्काउने गैर जिम्मेवार अभिव्यक्ति दिँदै हिँड्न थालेको भन्दै मन्त्रीहरूलाई समेत नियन्त्रण गर्न प्रधानमन्त्री दाहाल असफल भएको आरोप लगाए ।
सरकारमा सहभागी दलका मन्त्रीहरूकै अराजकताले सीमा नाघेको भन्दै प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई बिदा गरेर काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न ढिलाइ गर्न नहुने कोइरालाले बताए ।
नेता कोइरालाले अहिले देश र काँग्रेस विकट अवस्थाबाट गुजारिरहेको अवस्थामा काङ्ग्रेसमाथि चौतर्फी चौतर्फी प्रहार भइरहेको बताए ।
देश र काँग्रेसलाई कमजोर बनाउन देशी विदेशी शक्तिहरू लागेकाले महासमिति बैठक र महाधिवेशन समयमै हुनुपर्ने बताए । कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले लोकतन्त्र र काँग्रेसमा परिवारको नभई गाउँवासीका कुरा सुन्ने र कार्यकर्ताको नेतृत्व गर्नेलाई नेता मान्ने अवस्था आएको बताए ।
उनले अब अस्पतालमा कसैले छोराछोरीको उपचारका लागि ऋण खोज्न जानुपर्ने बताउँदै १० वर्षमुनिका प्रदेशभरिका बालबालिकाको निःशुल्क उपचारको बजेटमा व्यवस्था गरेको जानकारी दिए ।