सुनसरी । सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले संस्कृति मन्त्री सुदन किराँतीले सार्वजनिक कार्यक्रममा धर्मसँग विवादित अभिव्यक्ति दिएको कुराको बचाउ गरेकी छिन ।
मन्त्री शर्माले नेपाल पत्रकार महासङ्घ सुनसरीले धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारका मन्त्रीले बोलेको कुरा संविधानसम्मत हुने बताउँदै मन्त्री किराँतीको अभिब्यत्तिको बचाउ गरेकी हुन ।
मन्त्री  किराँतीले क्रिश्चियनको एक कार्यक्रममा बोलेका कुरा अहिले सञ्चारमाध्यममा धेरै उचालिएको बताउँदै उहाँको आशय कुनै धर्म विरोधी नभई धर्मनिरपेक्षमा आधारित भएको बताइन ।
सरकारका मन्त्रीहरूले जहिल्यै संविधानभन्दा बाहिर गएर बोल्न नपाइने भएकोले उहाँले बोलेको कुराको आशय धर्मनिरपेक्ष राष्ट्रको विरुद्धमा नभएको प्रस्ट पारिन ।
वर्तमान सरकारले जनताको पक्षमा काम गरिरहेको कारण जनताको विश्वास जितेको दाबी गरिन ।
सामाजिक सञ्जालमा देखिएका विकृति ऐन बनाएर नियमन गर्ने उनको भनाई थियो ।