इटहरी । इटहरी उप महानगरपालिका  वडा नम्बर ४ का वडा अध्यक्ष भक्त लामा सहित सबै जनप्रतिनिधि नगरपालिकाको खर्चमा मुस्ताङको मुक्तिनाथ भ्रमणमा गएका छन् । नगरपालिकाको खर्चमा वडा सचिव अर्जुन सुवेदी सहित मुक्तिनाथ भ्रमणमा सिनियर कर्मचारी समेत गएपछि सेवाग्राही समस्यामा परेका छन् ।वडा कार्यालयमा २ जना कार्यालय सहायक रहेका छन् ।
 
शनिवारबाट उनीहरू मुक्तिनाथ भ्रमणमा गएका हुन् । नगरपालिकाको २ लाख ५० हजार रुपैयाँ खर्चमा अवलोकन भ्रमणका छुट्टाइएको थियो । सोही बजेटमा उनीहरू मनाङ मुस्ताङ घुम्न गएका हुन् । वडा अध्यक्ष भक्त लामाले आफूहरू अवलोकन भ्रमणमा गएको बताए । उनले आज एक दिन मात्रै कार्यालय खुल्ला हुने भएकाले अध्ययन अवलोकन भ्रमणमा गएको बताए । उनले सेवाग्राहीलाई समस्या नपर्ने बताए । 
db7865b1-d74d-41d6-afed-748c52095eaf

f2a8cd9f-83a9-40fe-917d-d5208daad9ed