इटहरी । नेपाल तरुण दलले इटहरी उपमहानगरमा वडा समिति विस्तार गरेको छ । तरुण दलले इटहरी उपमहानगरपालिकाका १,६,८ र ९ नम्बर वडामा वडा समिति गठन गरिएको हो ।
पुस ७ गते तरुण दल सुनसरी जिल्ला सभापति सिजन गुरुङ तथा इटहरी उपमहानगरपालिकाका सभापति विष्णु खत्रीको उपस्थितिमा वडा समिति विस्तार गरिएको तरुण दल नगर समितिले जनाएको छ ।
विस्तारित समितिमा वडा नं १ बाट श्री स्वरूप चौधरीको अध्यक्षतामा उपाध्यक्ष,सचिव, सह सचिव, कोषाध्यक्ष सहित १४ सदस्य समिति गठन भएको छ ।
नवगठित अन्य वडा समिति अन्तर्गत वडा न.६को आशुतोष अग्रवालको अध्यक्षतामा ९ सदस्य समिति विस्तार गरिएको छ ।
यस्तै, वडा न.८ मा अनमोल विष्टको अध्यक्षतामा २३ सदस्य समिति विस्तार भएको छ । उता, वडा न. ९ मा वसन्त राईको अध्यक्षतामा १२ सदस्य समिति गठन भएको छ ।
नवगठित वडा समितिका अध्यक्ष तथा पदाधिकारीहरूलाई नेपाल तरुण दलको मूल्य मान्यतालाई कायम राख्दै तरुण एकता कायम राख्दै काम गर्न जिल्ला सभापति सिजन गुरुङले निर्देशन दिएका थिए । सभापति गुरुङले नवगठित समितिका पदाधिकारीहरूलाई शुभकामना तथा आगामी राजनीतिक जीवनको शुभकामना दिएका थिए ।