विराटनगर । पेसागत महासङ्घ पथरी शनिश्चरे नगर समितिको अध्यक्षमा रोहिणी घिमिरे सर्वसम्मत चयन भएका छन् । मङ्गलवार पथरीमा भएको महासङ्घको नगर समिति अधिवेशनमा घिमिरे सर्वसम्मत चयन भएका हुन ।
समितिको उपाध्यक्षमा शिव राई, महिला उपाध्यक्षमा राधा नेपाल, सचिवमा लुकनाथ पोखरेल, सह–सचिवमा दिपक खतिवडा र कोषाध्यक्षमा कपिल अधिकारी चयन भएका हुन् । त्यस्तै , समितिको सदस्यमा रिता कुमारी धिमाल, डिल्लीराम बराल, मञ्जु ओझा, डगेन्द्र घोर्साने, जितेन्द्र लिम्बू , गिता कट्टेल, सबिना राई, इन्द्र प्रसाद पराजुली, लक्ष्मी ढुङ्गेल , नेत्र आचार्यलाई चयन गरिएको महासङ्घ मोरङ जिल्ला अध्यक्ष प्रकाश शर्माले जानकारी दिए ।
शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य युवराज बास्कोटा , पथरी शनिश्चरे नगरपालिका उप–प्रमुख देवीमाया काफ्ले, महासङ्घ कोशी प्रदेश अध्यक्ष अशेष लम्साल, महासङ्घ सचिवालय सदस्य प्रेमबहादुर धिमाल , मोरङ जिल्ला सचिव शालिग्राम कोइराला लगायतको उपस्थिति रहेको थियो ।