इटहरी । इटहरी उपमहानगरपालिकाको १४ औँ नगर सभा अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ । 

आज( बुधबार) दिउँसो १ बजे बस्ने भनिएको १४ औँ नगर सभाको बैठक विशेष कारणबस स्थगित भएको उपमहानगरपालिकाले जनाएको छ । 

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै बैठक स्थगित बारे जानकारी दिएको छ । 

उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘ गाउँ सभा, नगर सभा सञ्चालन कार्यविधि ऐन,२०७५ को दफा ६१ को उपदफा ४ बमोजिम अर्को सूचना वा जारी नभएसम्मका लागि स्थागित गरिएको व्यहोरा आदेशानुसार अनुरोध छ । ’ 

केही समय अघि बसेको उपमहानगरको कार्यपालिकाको बैठकले इटहरीमा लामो समय देखी विवादित बन्दै आएको कर विषयमा समितिको प्रतिवेदन अनुसार कर समायोजन गर्ने निर्णय गरेको थियो । 

Itahari nagarsabha