विराटनगर । धरान उप महानगरपालिकाको नगर प्रमुख हर्क साम्पाङले कार्यकक्षमा राखिएको नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् ।
सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउने बताएका साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउँदै यलम्बरको फोटो टाँसेका छन् ।
बिहीबार उनले आफ्नो कार्यकक्षमा किराँती राज यलम्बरको फोटो राखेका हुन । उनले कार्यकक्षमा टाँसेका यलम्बर किराँती प्रथम राजा हुन ।
 मेयर साम्पङले बुधाबार सामाजिक सञ्जालमा लेखेका थिए’भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु ! जय देश ! ’’
स्ट्याटस लेखेको भोलीपल्ट अर्थात् आज साम्पाङले प्रधानमन्त्री र राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका हुन ।
यस्तै केही दिन अघि पनि साम्पाङले धरानलाई स्वायत्तता दिनु पर्ने माग राखेका थिए । स्वायत्तता माग गर्दै सामाजिक सञ्जालमा लेखेका थिए,‘धरानलाई कि त विकास देऊ नत्र स्वायत्तता देऊ ! स्वायत्तता दिए तिमेरुको केही चाहिँदैन हाम्लाई ! स्वतन्त्र राज्य बनाउन नपरोस् ! बिचार चोङ्गे !’
पछिल्लो केही समय देखी मेयर साम्पाङले धरानमा एयरपोर्ट बनाउनुपर्ने माग गर्दै आएका थिए । तर उनले माग गरे अनुसार एयरपोर्ट बन्ने अवस्था नभएपछि मेयर साम्पाङ सङ्घीय सरकार प्रति असन्तुष्टि जनाउँदै आएका छन् । 
yalamber-1