विराटनगर । धरान उप महानगरपालिकामा क्रियाशील ५ राजनीतिक दलले धरानका मेयर हर्क साम्पांग निरन्तर रूपमा अराजकता, मनोमानी र उद्दण्डतामा प्रस्तुत भएको बताएका छन् । धरानका प्रमुख साम्पांगले आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि धरानमा क्रियाशील ५ राजनीतिक दलहरूले धरानमा साम्पांग मेयर भएपछि निरन्तर अराजकता तर्फ लागेको बताएका हुन् । बिहीबार प्रेस संयुक्त प्रेस विज्ञप्ति जारी गदै एमाले, काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीले साम्पांग विजयी भएपछि  भाइचाराका आधारमा मिलेर बसेको समाजलाई विभाजित गर्ने काम भएको समेत बताएका छन् । 
दलहरूले  धरान उपमहानगर प्रमुखबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणाली माथि गम्भीर प्रहार भएको बताएका छन् ।  उनीहरूले यसै प्रणालीलाई टेकेर अद्यावधिक निर्वाचनमार्फत निर्वाचित उपमहानगर प्रमुखले संविधानको ठाडो उलङ्घन गर्ने कार्य गरेको हाम्रो ठहर गरेका छन्  ।विज्ञप्तिमा भनिएको छ,राज्य र राज्यका निकायहरू लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा सञ्चालन हुने व्यवस्थाबाट नै हालमा तीन तहका सरकारहरू सञ्चालन भई रहेको छ । २०७९ को स्थानीय निर्वाचन पश्चात् धरान उपमहानगरपालिकामा स्वतन्त्र व्यक्तिले उपमहानगर प्रमुखको रूपमा जिम्मेवारी निर्वाह गरी रहेको छ । दलहरूले उपमहानगरपालिकाको प्रमुखले आफ्नो कार्य कक्षको भिल्लामा राखिएको राष्ट्र प्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर हटाएको प्रति  गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन् । धरानका प्रमुख साम्पांगले आज आफ्नो कार्यकक्षमा रहेको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका थिए । 
75738b69-e7c4-4135-b36d-f6a43806a686