सुनसरी । कोसी प्रदेका मुख्यमन्त्री केदार कार्कीले सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकार र सङ्घीय संसद्लाई ध्यानाकर्षण गराउने बताएका छन् ।
आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशले स्थानीय तहसँग मिलेर जनतालाई कसरी सेवा दिन सक्छौ सो बारे सोचिरहेको बताए ।
उनले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आनाकानी गर्नु गैरजिम्मेवारपुर्ण कार्य रहेको बताए ।
संविधान बनाउँदा जसरी दलहरूमा एकरूपता थियो तेसैगरी अधिकार बाडफाडमा समेत सबै दलहरू बिच एकरूपता आवश्यक रहेको उनले औँल्याए ।