इटहरी ।  धरानका मेयर हर्क साम्पांगको निम्तो स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित नभएपछि धरान उत्सबको उद्घाटन १०३ बर्षीया चन्द्रमाया कट्टुवालले गरेकी छन् । मेयर साम्पांगले   साम्पाङले ज्येष्ठ नागरिकबाट धरान उत्सव उद्घाटन गराएका छन् ।

धरान स्थापनाको १२३वर्ष पुगेको अवसरमा आजबाट धरान उत्सव सुरू भएको हो । ५ दिनसम्म चल्ने उत्सवमा देशभरका विभिन्न पालिकालाई निम्तो गरिएको छ । सोहीक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि धरान आएका छन् ।

धरान उत्सवको सुरूमा विभिन्न जातजातीको संस्कृति झल्किने र्‍याली प्रदर्शन गरिएको छ । यस्तै बिभिन्न संघ सस्थाले समेत तुल व्यानर सहित र्यालीमा सहभागिता जनाएका छन् । २०१७ सालमा नगरपालिका घोषणा भएको सम्झनामा आजदेखि ४ दिने धरानउत्सव सुरू हुँदैछ । नगरपालिका घोषणा भएको ६२ वर्ष भए पनि धरानमा मानव बसोबास सुरू भएको १२२औँ वर्ष पूरा भएको भन्दै १२३औ धरान उत्सव मनाउन लागिएको हो ।

उत्सबमा ५ दिन सम्म बिभिन्न कार्यक्रम आयोजना गरिने छन् ।  यसअघि धरानका मेयर हर्क साम्पाङले धरान उत्सवमा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निमन्त्रणा गरेका थिए । प्रधानमन्त्रीले आउन नसक्ने जवाफ दिएपछि उनले आफ्नो कार्यकक्षमा राखिएको प्रधानमन्त्रीको तस्बिर हटाएका थिए । हर्कले प्रधानमन्त्रीले आफूलाई अपमान गरेको गुनासो गर्दै आएका छन् ।