विराटनगर । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट कृष्ण सिटौलाले मनोनयन दर्ता गराएका छन् । विराटनगर स्थित प्रदेश निर्वाचन कार्यालयमा उनले मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा ओखलढुङ्गाका प्रदीपकुमार सुनुवार रहेका  छन् भने समर्थकमा उदयपुरका सांसद हिमाल कार्की छन् ।  गएको निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग झापा क्षेत्र नम्बर ३ मा पराजित भएका सिटौला राष्ट्रिय सभाको निर्वाचनमा पुनः उम्मेदवार भएका हुन् । २०४८ सालदेखि झापामा निरन्तर उम्मेदवार भएका सिटौला प्रतिनिधि सभाको निर्वाचनमा झापाबाट आठ पटक उम्मेदवार भई सकेका व्यक्ति हुने ।  उनी यस अघि पाँच पटक पराजित भएका थिए  । काँग्रेसको महामन्त्री समेत भइसकेका सिटौला काँग्रेसको १३ औ महाधिवेशनमा सभापतिको उम्मेदवार भएका थिए । उनी शेरबहादुर देउवासँग पराजित भए । १४ औ महाधिवेशनमा भने उनी देउवासँग प्याक भए । उनी कुनै पनि पदमा उम्मेदवार भएनन् । काँग्रेसमा छुट्टै गुट बनाएका सिटौलाले १४ औ महाधिवेशनमा भने देउवालाई सघाएका थिए ।