विराटनगर । कोशी प्रदेशसभाले आज सभामुख पाउने भएको छ । सभामुखका लागि राप्रपाका प्रदेश सभा सदस्य अम्बर बहादुर विष्टले उम्मेद्वारी दिने भएका छन् । राप्रपाले सभामुख लिने निर्णय गर्दै झापाका प्रदेश सभा सदस्य बिष्टलाई सभामुख बनाउने भएको छ । 

सत्ता गठबन्धनले यस अघि नै कोशी प्रदेशको सभामुख राप्रपालाई दिने निर्णय गरी सकेको थियो ।  सभामुखमा बिष्ट निर्विरोध निर्वाचित हुने सम्भावना देखिएको छ । 

 प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ ।

उपसभामुख सिर्जना दनुवारले निर्वाचनमा गएर भए पनि सभामुखको टुंगो लगाउन कार्यव्यवस्थामा सहमति भएको बताइन् । 

सभामुखबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक जारी छ ।