विराटनगर । प्रदेश खारेजीका कट्टर पक्षपाती राप्रपाका अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुख चयन भएका छन् । पटक पटक कोशी प्रदेशको सभामा प्रदेश खारेजीको विषयमा प्रश्न उठाएका विष्ट निर्विरोध निर्वाचित भएका हुन् । साउन १६ गतेबाट रित्त रहेको कोशी प्रदेशको सभामुखमा उनी बाहेक कसैको पनि मनोनयन दर्ता नभएपछि उनी निर्वाचित भएका हुन् । उनले आजै पद तथा गोपनीयताको शपथ लिए । 
झापाको क्षेत्र नम्बर ५ जुरो पानी स्थायी घर भएका अम्बर बहादुर विष्ट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएका हुन् । उनी २०२८ साल तिर अनेरास्ववीयूको कार्यकर्ता थिए । वामपन्थी राजनीतिमा लागेपछि उनले ४ वर्ष कम्युनिस्ट भए । 
उनले  भने ‘ मेरो राजनीति अखिलबाट सुरु भएको हो । अखिल मन नपरेपछि मैले पञ्चायतको समर्थनमा राजनीति गरे ।’
उनले अखिलमा रहँदा व्यक्त हत्या बढेका कारण कम्युनिस्ट विचारधारा छाडेको बताए । कैले देखि पञ्चायतको पक्षपाती हुनुभयो ?  जिज्ञासामा भने, मलाई लाग्छ ३२ साल तिर म पञ्पञ्चायतको समर्थक बने । 
उनी वामपन्थी राजनीतिमा सक्रिय हुँदा झापामा कम्युनिष्टहरुको जगजगी थियो । उनले सम्झिए, व्यक्त हत्या बढेपछि म कम्युनिस्ट भइरहन सकिन । 
उनी त्यसपपिछ २०३३ सालमा जुरो पानी गाउँ पञ्चायत वडा नम्बर ५ को वडाध्यक्ष भएका थिए । 
उनी  वडाध्यक्ष भएपछिको अर्को  वर्ष जुरो पानी गाउँ पञ्चायतको उप प्रधानपञ्च बने । उपप्रधानपञ्च  भएको एक वषपछि  उनी  झन्डै एक दशक जिल्ला पञ्चायतको सदस्य भए । 
२०४६ को परिवर्तनपछि भने उनी राप्रपामा राप्रपामा आबद्ध भए । उनी राप्रपा झापा जिल्लाको  पहिलो जिल्ला सचिव बनेका थिए। २०५१मा शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा उनी सहकारी विकास बोर्डको सदस्यसमेत नियुक्त भएका थिए । 
उनी झापा राप्रपाको  ८ वर्ष अध्यक्ष बने । स्नातक सम्म अध्ययन गरेका विष्ट राप्रपाको पार्टी केन्द्रीय सदस्य रहेका छन् । 
प्रदेश सभाको सभामुख बन्न लागेका विष्ट समानुपातिक सांसद हुन्। राप्रपा झापाका पुराना नेता उनी अध्यक्ष लिङ्देनका विश्वास पात्र पनि हुन्।