विराटनगर । काेशी प्रदेश मन्त्रिपरिषद्काे बुधवार बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेसँगै कोशी प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ।  सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको अधिवेशन अन्त्य गरेका हुन् । खापुङले   राती १२ बजेदेखि काेशी प्रदेश सभाको चालु चौथो अधिवेशन अन्त्य गर्नु भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए  । 

adhibeshan antya