विराटनगर । नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशमा लगानीको वातावरण बनाउनु पर्ने बताएका छन् । कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै थापाले लगानी गर्न तयार रहेका कोशी प्रदेशका ठुला घरानाका व्यवसायीलाई लगानी गर्ने खालको वातावरण बनाउनु पर्ने बताएका हुन् ।
उनले यो प्रदेशमा हाइड्रो, पर्यटन, शिक्षा र स्वास्थ्यमा समृद्धि ल्याउन सकिने बताए । आइटी कलेज खोल्न सकिने, ताप्लेजुङ, ओखलढुङ्गाका डाँडामा आइटी अध्ययन गरी अन्तर्राष्ट्रिय बजारसम्म युवालाई प्रतिस्पर्धी बनाउन सकिने थापाले बताए । अब कोशी प्रदेशलाई डिजिटलाईजको माध्यमबाट ती युवाले गाउँमै बसेर युरोप र अमेरिकामा काम गर्न सक्ने उनले सुनाए । प्रशस्त सम्भावना रहेको भए पनि यसकोलागि सरकारले नीतिगत रूपमा नै धेरै काम गर्न सक्नु पर्ने बताए ।
अब प्रदेश सरकारहरू सङ्घीय बजेटको मुख नताकी आफ्नै बजेटमा आत्मनिर्भर हुने तर्फ लाग्नु पर्नेमा जोड दिए ।