विराटनगर । नेकपा माओवादी निकट प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले विपन्नलाई न्यानो कपडा वितरण गरेको छ। कटहरी गाउँपालिका वडा नम्बर ५ मुडियारी बस्तीमा न्यानो कपडा वितरण गरेको हो । जनस्वास्थ्यकर्मी महासङ्घ कोशी प्रदेश फ्याक्सन इन्चार्ज अन्जना पोखरेलले ४५ जना बृद्धबृद्धालाई न्यानो कपडा वितरण गरेकी हुन् ।  उनले आफूसँग भएको थोरै रकमबाट सामाजिक क्षेत्रमा काम गरेको पोखरेलले बताइन् । 

kapada
चिसो मौसममा अति विपन्न, गरिब परिवारका ज्येष्ठ नागरिकलाई समस्या देखिएपछि  व्यक्तिगत सहयोग गरिएको उनको भनाई छ ।  हरेक वर्ष विपन्नलाई उनले आफ्नो व्यक्तिगत  खर्चबाट  विभिन्न खालको समाजसेवा गर्दै आएको पोखरेलले बताइन् ।