विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशीमा ३ जना अनुपश्थित भएका छन् । प्रदेश सभाका ९३ जना सांसद र स्थानीय तहका २७४ जना प्रमुख उप प्रमुख मध्ये स्थानीय तहका ३ जना प्रमुख मतदानमा सहभागी भएनन् । स्थानीय तह तर्फ २७१ जनाले मात्रै मतदान गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ भट्टराईले जानकारी दिए । 

मतदानमा धरान उप महानगरका मेयर हर्क साम्पांग , ग्रामथान गाउँपालिका मोरङका अध्यक्ष जयप्रकाश थारु र झापा गाउँपालिका झापाका अध्यक्ष जयनारायण साहा मतदानमा सहभागी भएनन् । झापा गाउँपालिकाका अध्यक्ष  साहा भने भ्रष्टाचार मुद्दामा निलम्बनमा परेकाले सहभागी नभएका हुन् । उनी ७४ सालको स्थानीय तहको निर्वाचनमा समेत झापा गाउँपालिकामा अध्यक्ष निर्वाचित भएका थिए ।

अघिल्लो कार्यकालमा भएको बाटो निर्माणका विषयमा अख्तियारले उनलाई भ्रष्टाचार गरेको माग दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले उनलाई दोषी ठहर गरेपछि उनी निलम्बनमा परेका छन् ।  ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश चौधरी भने बिरामी भएर अस्पताल भर्ना भएका कारण निर्वाचनमा सहभागी हुन सकेनन् । उनी हिजो साँझ अचानक बेहोस भएका थिए ।

नेपाली काङ्ग्रेसबाट निर्वाचित चौधरीको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ । साहा पनि काङ्ग्रेसबाटै निर्वाचित भएका हुन् । हर्क साम्पांगले भने कार्य व्यबस्तताको कारण देखाँउदै मतदान नगरेका हुन्  । उनी स्वातन्त्र रुपमा उमेद्वार भएर विजयी भएका हुन् । अहिले सर्वदलीय बैठक जारी रहेको छ । वैठक पछि केहि बेरमा मतगणना शुरु गर्ने तयारी रहेको छ ।