इटहरी । राष्ट्रिय सभा निर्वाचनमा मनोनयन दर्ता गर्न विराटनगर पुगेकी रुक्मिणी कोइरालालाई धेरैले भने सारै लो प्रो फाइल उम्मेदवार भयो । एक त गठबन्धन त्यस माथि लो प्रोफाइल  उम्मेदवार । के कारणले उनलाई एमालेले उम्मेदवार बनाउने निर्णय गर्‍यो रु एमालेका नेताहरू नै कुरा गर्थे । 

राष्ट्रिय सभामा मतदान गर्ने प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उप प्रमुखको सङ्ख्या एमालेको भन्दा धेरै थियो  । प्रदेश सभामा ९३ मध्ये ४० जना एमालेका थिए भने २७४ जना स्थानीय तहका प्रमुख उप प्रमुख मध्ये एमालेको सङ्ख्या ११२ थियो । यस्तो अवस्थामा चुनाव जित्ने गाहे हुने धेरैले अनुमान गरेका थिए । ६ जना प्रदेश सभा सदस्य र ४ जना प्रमुख उप प्रमुख रहेको राप्रपासँग अन्य कोटा साटेर महिला तर्फ रुक्मिणीलाई मतदान गर्ने राप्रपासँग सहमति गरेपछि भने एमालेका नेताहरू उनको जीतको आधार तय भएको एमाले नेताहरू दाबी गर्थे । यस्तो दाबी गर्नेमा पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कार्की पनि एक थिए । उनले भनेका थिए महिला कोटामा हामी जित्छौ । 

उनको दाबी अनुसार आज भएको मत परिणाममा कोइरालाले बाजी मारिन् । उनले सत्तारुढ गठबन्धनको तुलनामा एमाले र राप्रपा गठबन्धनको मत भार करिब ८ सय कम रहेको अवस्थामा नतिजा एमालेको पक्षमा ल्याइन । उनी आज भएको निर्वाचनमा एमालेबाट विजयी हुने एक मात्रै उम्मेदवार बन्न सफल भइन्  । कोइराला ५ हजार ८६ मत भार प्राप्त गरिन् । उनलाई सत्ता गठबन्धनका ३ जना प्रदेश सभा सदस्य र १६ जना पालिकाका प्रमुख उप प्रमुखले मत हाले । उनकी प्रतिस्पर्धी माओवादीकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी  छन् । उनी माओवादी केन्द्रका तर्फबाट उम्मेदवार भएकी थिइन् । 

 प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । तर, उनले आफ्नो गठबन्धनभन्दा बाहिरको मत ल्याएकी हुन् । उनलाई ४९ सांसदले मत दिएका छन् ।देशैभर सत्ता गठबन्धनका उम्मेदवार विजयी हुँदा एमालेबाट चुनाव जित्ने उनी एक्ली उम्मेदवार हुन् । 

लो प्रोफाइल राजनीति 

रुक्मिणी कोइरालाको १७ वर्षको उमेरमा इटहरीका केदारनाथ कोइरालासँग विवाह भयो । उनको राजनीति भने केदारनाथ कोइरालासँग विवाह भएपछि सुरु भएको हो । उनका जेठाजु स्व।ओम कोइराला सुनसरीका पुराना वामपन्थी नेता हुन् । विद्यार्थी राजनीतिबाट रातो झन्डा समूह उनी वामपन्थी राजनीतिमा होमिएका थिए । स्व कोइराला को आर्डीनेशन कमिटी हुँदै एमालेको राजनीतिमा सक्रिय भएपछि कोइरालाको सङ्गतमा उनी पनि वामपन्थी भएको माधव कोइराला सम्झन्छन् । स्व ओम कोइरालाका कारण रुक्मिणीको घरमा नेताहरू आउने जाने क्रम चलिरहन्थ्यो । भूमिगत कालमा उनले सेल्टर दाताको रूपमा नेताहरूलाई खान पकाएर खुवाउने काम गरिन् । उनका श्रीमान् केदारनाथ पनि राजनीतिमा थिए । देवर माधव कोइराला पनि एमालेको राजनीतिमा सक्रिय छन् । उनी इटहरी वडा नम्बर २ को वडाध्यक्ष समेत हुन् ।

मदन भण्डारी, केपी ओली लगायतका नेताहरूलाई भूमिगत कालमा सेल्टर दिने रुक्मिणी २०५४ सालको नगरपालिकाको निर्वाचनमा वडा सदस्यको रूपमा निर्वाचित भइन् । ५ वर्ष जनप्रतिनिधिको रूपमा काम गरेकी कोइरालाले त्यसपछि भने उम्मेदवार बन्ने अवसर पाइनन् । उनी पटक पटक इटहरी उप महानगरको उप मेयरको उम्मेदवार बन्न चाहान्थीन । तर उहाँले अवसर पाउनु भएन,वडाध्यक्ष तथा रुक्मिणीका देवर माधव भन्छन् यस पटक भने पार्टीले पत्यायो । भाउजूको शालीनताले जितेर पनि देखाउनु भयो । पारिवारिक रिलेसन पनि थियो । यो बाहेक पार्टीले पनि सहयोग गर्‍यो , उनले भने ।

रुक्मिणी  लामो समय महिला स्वास्थ्य स्वयम सेवीका भएर समेत काम गरिन् । केही अघिबाट महिला स्वास्थ्य स्वयंसेवीकाबाट पनि राजीनामा दिएकी कोइराला अनेमसंघ केन्द्रीय सदस्य हुन् । उनी अनेमसंघ सुनसरीको इन्चार्जको जिम्मेवारीमा रहेर काम गर्दै आएकी छन् । रुक्मिणी २०३६ साल देखि पार्टीको सम्पर्क रहेको थिइन ।  ४० पछाडि भने  निरन्तर पार्टीमा रहेर काम गर्दै आएकी हुन् ।