विराटनगर । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका  कायममुकायम उपकुलपति डा प्रल्हाद कार्की माथि मोबिल प्रहार भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञानमा रहेको उनको कार्यकक्षमा भेट्न गएको क्रान्तिकारी माओवादीका कार्यकर्ताहरूले उनलाई कार्यकक्षमै मोबिलले हानेका थिए । तीन जनाको समूहमा रहेका क्रान्तिकारीका कार्यकर्ताहरूले मोबिल हाने पनि सँगै रहेका सुरक्षाकर्मीहरूले छेकेपछि उनलाई मोबिल भने लागेन ।
मोबिल हानेपछि उनीहरूले उपकुलपति विरुद्ध नाराबाजी समेत गरेका थिए । उनले प्रतिष्ठानलाई बन्धक बनाएको र हजारौँ कर्मचारीलाई बन्धक बनाएको मोबिल हान्नेहरूले बताएका छन् । कार्कीमाथि मोबिल प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्राट् थापा, निशान राई र भीम सुराखेती रहको प्रहरीले जनाएको छ । प्रतिष्ठानका कर्मचारी र चिकित्सकहरू भिसी कार्की विरुद्ध लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।