सुनसरी । पाँच दिनअघि पूर्व र पश्चिमबाट एकै पटक पैदल यात्रासहितको आन्दोलन सुरु गरेका मिटर ब्याज पीडितहरूको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।
मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालको नेतृत्वमा मिटर ब्याज पीडितहरूले पूर्वबाट सुरु गरेको पैदल यात्रा शनिवार बिहान तीन जिल्ला पार गर्दै सप्तरी पुगेको छ ।
गत मंगलबार झापाको काकडभिटाबाट सुरु पैदल यात्रा मोरङ, सुनसरी हुँदै सप्तरी प्रवेश गर्दा अधिकांश सहभागीहरूमा खुट्टा सुन्निने, चिसोका कारण रुघाखोकी, ज्वरो आउने तथा टाउको दुख्ने समस्या देखिएको हो । पांचदिनसम्म दैनिक ४० किलोमिटरसम्म पैदल नै हिनेका अधिकास सहभागीहरू जस्तोसुकै समस्या आए पनि न्याय नपाएसम्म घर नफर्कने संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले बताए ।
पूर्व र पश्चिमबाट मंगलबार एकै पटक पैदल यात्रासहितको आन्दोलन सुरु गरेका उनीहरूले पाँच दिन बितिसक्दा पनि सरकारले कुनै सुनवाइ नगरेको भन्दै आक्रोशित देखिन्छन ।
पूर्वको
काकडभिटा
र पश्चिम कञ्चनपुरको गड्डाचौकीबाट एकै पटक मार्च पासमा निस्किएका पीडित चितवनमा भेला भएर काठमाडौं पुगेर धर्ना दिने कार्यक्रम छ ।