विराटनगर । कोशी प्रदेशका सभामुख अम्बर  बहादुर बिष्टले प्रदेशप्रति नकारात्मक धारणा बढेकाले यसलाई चिर्नुपर्ने बताएका छन् । संसदीय पत्रकार मञ्च कोशीले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रदेशप्रति विभिन्न दल र जनताले प्रश्न गरेकाले प्रदेशको औचित्य पुष्टी गर्न जरुरी रहेको बताए । उनले प्रदेशसलाई च्यालेन्ज भएकाले त्यसको चिरोफारो गर्न जरुरी रहेको बताए । यसका लागि पत्रकारहरु लाग्नु पर्ने बताए । मुख्यमन्त्री मन्त्री र प्रदेश सभाले गरेको कुराहरु निर्धक्क भएर लेख्न समेत सभमुख विष्टले आग्रह गरे । प्रदेश सभा खारेज गर्नुपर्ने भन्दै प्रदेश सभामा टिप्पणी गर्दै आएका विष्ट सभामुख भएपछि पहिलो पटक पत्रकारसँग बोल्दै प्रदेश बचाउन सबै लाग्नुपर्ने बताए। स्वागत कार्यक्रममा बोल्दै बिष्टले आफु पनि कोशी  प्रदेश बलियो बनाउन आफू पनि लागेको बताए ।

उनले भने,‘प्रदेश खर्चिलो र बोझिलो भो भन्नेहरु बढेका छन् यसलाई चिर्न आवश्यक छ ।’ यहि व्यवस्था ठिक भो भन्ने भो भने किन खारेज गर्नुपर्‍यो रु पहिलेको र अहिलेको बोली फेरियो नी भन्ने जिज्ञासामा  उनले भने,‘हिजो जुन पार्टीमा थिए अहिले म त्यो पार्टीमा संलग्न छैन ।’त्यहाँ हुँदा पनि तीन तहको सरकार धान्न सकिन्न की भन्ने हाम्रो कुरा हो । तर अहिले म पार्टीमा छैन । यो व्यवस्था प्रभावकारी बनाउने जिम्मेवारी छ ।’

कार्यक्रममा प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले सुशासन ऐनले तोकेको काम गरि रहेको बताए ।उनले संसदीय समितिहरुले गरेको कामका बारेमा पनि पत्रकारहरुले बाहिर ल्याइदिनु पर्ने बताए ।