विराटनगर  । विराटनगर कञ्चनबारीमा अलपत्र अवस्थामा भेटिएकी एक महिलाको उद्दार गरिएको छ। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा ति महिलाको उद्दार गरि परिवारको जिम्मा लगाइएको हो।  

५ वर्षीया तारादेवी पोद्धारको उद्धार गरी महानगरले परिवारको जिम्मा लगाएको हो । स्थानीयले अलपत्र परेकी महिलाको बारेमा मेयर कोइरालालाई जानकारी गराएपछि तत्कालै नगर प्रहरीले उद्दार गरेको थियो ।  नगर प्रहरीले गाडीमा राखेर विभिन्न स्थानमा पु¥याएर महिलाको घरका विषयमा सोधीखोजी गरेको थियो । एकजना व्यक्तिले उनलाई चिनेपछि घरको पहिचान भएको थियो । विराटनगर–३ दुर्गाचोकस्थित घरबाट घुम्न नस्किएकी पोद्धार बाटो बिर्सिएर कञ्चनबारी पुगेकी थिइन् । 

कञ्चनबारीमा अलपत्र अवस्थामा भेटिएकी पोद्धारले सुरुमा आफ्नो घर बुद्धचोक भएको र छोराको नाम भोला भएको बताएकी थिइन् ।  नगर प्रहरीका सई तीर्थजंग खत्री नेतृत्वको टोलीले छोरा भोला र नातिनी काजलको जिम्मा लगाएको थियो । हराएकी आमालाई सकुशल घरमा पु¥याएपछि नातिनी काजलले महानगरपालिकालाई धन्यवाद दिएकी थिइन् ।