इटहरी । नेपाली काँग्रेसले पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरेको छ । पूर्व मन्त्री एवं केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएपछि काँग्रेसले सबै कार्यक्रम स्थगित गरेको छ ।
आज बिहान बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
बैठकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने पनि निर्णय गरेको छ । पार्टी कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने भनेको छ ।
बैठकको निर्णयसँगै काँग्रेसको समुदायमा काँग्रेस अभियान पनि स्थगित गरिएको छ ।
२४ माघमा केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने काँग्रेसले निर्णय गरेको छ । बुढाथोकीको निधन भएको १३ औँ दिनमा झापामा शोक सभा आयोजना गर्ने काँग्रेसले निर्णय गरेको छ ।
७९ वर्षीय बुढाथोकीको गए राति विराटनगरस्थित विराट अस्पतालमा निधन भएको थियो ।