विराटनगर / प्रदेश सरकार र प्रदेश नम्बर एक पुनः नामकरण सङ्घर्ष समितिबिच वार्ता सुरु भएको छ ।

बिहान आठ बजे वार्ता हुने भनिए पनि वार्ता सवा नौ बजे सुरु भएको हो ।

बिहीबार भएको वार्तामा शुक्रवार पुनः वार्ता गर्ने सहमति अनुसार वार्ता भएको हो ।

सङ्घर्ष समितिले कोसी प्रदेशको नाम खारेज गरी पहिचान झल्किने नाम राख्न माग गर्दै आएको छ ।