इटहरी । सनुसरीको चतराधाम स्थित कुम्भ मेला लाग्ने स्थलको सरसफाई गरिएको छ । आगामी चैत्र २७ गतेबाट एक महिना सम्म लाग्ने पूर्ण महाकुम्भ लाग्ने क्षेत्रमा सरसफाई गरिएको हो । 

नेपाली काँग्रेस वडा न. १ र २ वडा कार्यसमितिको संयुक्त आयोजनामा कुम्भमेला लाग्ने स्थलको सरसफाई गरिएको हो । 

कुम्भ स्तम्भ अगाडि, कुम्भ परिसर, सार्वजनिक शौचालय क्षेत्र तथा अन्य वरपरको क्षेत्रमा सरसफाई गरिएको छ । 

उम्रिएका झार, बुट्यानहरुलाई फडानी गर्ने, थुप्रिएका फोहोरहरुलाई सफा गरिएको थियो ।

सरसफाई गर्न बराहक्षेत्र नगरपालिका मेयर रमेश कार्की, नेपाली काँग्रेसका बराहक्षेत्र नगर समिति, वडा समिति, क्षेत्रीय प्रतिनिधि, महाधिवेसन प्रतिनिधि भातृ संगठनका पदाधिकरी सहित अन्य नेता तथा कार्यकर्ताहरु आएका थिए । 

बराहक्षेत्र धामका सन्त तथा जगतगुरु बालसन्तले पनि उनीहरुलाई सहयोग गरेका थिए । 

कुम्भ मेला स्थललाई सुन्दर सफासँगै प्रचारप्रसार गर्ने उद्देश्यले सरसफाइ गरिएको नेपाली काँग्रेस वराहक्षेत्र नगरपालिका वडा नं १ का सभापति ईश्वर थापाले जानकारी दिए ।

पूर्ण महाकुम्भ मेलालाई प्रचारप्रसार गर्दै आमनागरिकलाई जानकारी गराउन सफाई कार्यक्रम गरिएको वडा न. २का सभापति अमर कट्वालले बताए । 

कुम्भमेलालाई सफल बनाउन आगामी दिनमा थप कार्यक्रम सञ्चालन गर्ने उनीहरुले बताएका छन् । 

sasafai chataradham